काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङमा करदाता सेवा कार्यालय स्थापना गर्न माग राख्दै सरकारकाे ध्यानाकर्षण गरेका छन् ।
भट्टराईले बिहीबार उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णु पौडेललाई भेटी सम्बन्धित निकायलाई ताप्लेजुङमा कार्यालय स्थापनाका लागि निर्देशन दिन माग गरे ।
ताप्लेजुङमा ठूला करदाता बढ्दै गए पनि कर तिर्न पाँचथर सदरमुकाम फिदिम जानुपर्ने बाध्यता छ ।
उनले हिजाे यसै विषयमा सदनमा शून्य समयमा बाेल्लै सरकारकाे ध्यानाकर्षण गरेका थिए ।