Lite Nepal

शनिबार, चैत्र १५, २०८१

काठमाडौं । ६,४३३ मिटर अग्लो शार्फु हिमालको पहिलो पटक सफल आरोहण भएको छ । एक जना चिलीका आरोही र तीन नेपाली गरी चार जनाको टोलीले हिमालको सफल आरोहण गरेका छन् ।

हिमालको चुचुरो पुग्नु हुनेहरूमा चिलीका आरोही ५९ वर्षीय हेरनान डेविड लियल बरिएन्टोन, सोलुखुम्बुका लाक्पा छिरी शेर्पा, ताप्लेजुङका ङादा शेर्पा र गोरखाका पूर्णिमा श्रेष्ठ छन् । एक्स्ट्रिम क्लाइम्बर्स ट्रेक्स एन्ड एक्सपीडिसन कम्पनीले आयोजना गरेको पहिलो शार्फु आरोहण टोलीले चैत १२ गते दिउँसो ३ बजे हिमालको चुचुरोमा पाइला टेकेको हो ।

कञ्चनजङ्घा क्षेत्रमा रहेको यो अति विकट र दुर्गम क्षेत्रमा रहेको हिमाल आरोहणसँगै नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिएको कम्पनीका निर्देशक पेम्वा शेर्पाले बताए । हिमालै हिमालको देश भनेर विश्वले चिन्ने नेपालमा करिब तीन हजारभन्दा बढी हिमाल पहिचान भएको छ । यीमध्ये संसारकै अग्ला ८ हजार मिटर माथिका ८ वटा हिमाल पनि नेपालमै छन् ।

पर्यटन विभागको तथ्याङ्क अनुसार पहिचान भई आरोहण खुल्ला गरिएका मध्ये अझै ६० वटा भन्दा बढी हिमालको आरोहण हुन सकेको छैन । यी हिमालहरूको आरोहण र प्रवर्द्धनमा निजी कम्पनीहरूले महत्त्वपूर्ण भूमिका खेलेको र यसमा राज्यले थप सहयोग गर्नुपर्ने नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले बताए ।

नयाँ हिमालको पहिचान र आरोहण गर्ने आरोही र कम्पनीलाई राज्य सम्मान गर्दै प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्ने उनले माग गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा