Lite Nepal

बुधबार, बैशाख १०, २०८२

काठमाडौं । भारतकाे जम्मु-कस्मिरस्थित पहलगाममा पर्यटकहरूलाई लक्षित गरी भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको छ । विगत केही वर्षयता नागरिकमाथिको यो ठुलो आतंककारी हमला भएको प्रहरी अधिकारीले जनाएका छन् ।

पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ जुन पर्यटकको लोकप्रिय गन्तव्य स्थल हो । मृत्यु हुने नेपाली नागरिकको नाम सन्दीप न्यौपाने भनिए पनि ठेगाना भने खुलेको छैन । पर्यटकहरुलाई लक्षित गरेर आतंककारीहरूले अन्धाधुन्ध गोली चलाएको जनाइएको छ ।

लस्कर ए तोएबाका संस्थापक हफिज सइद नेतृत्वको द रेसिस्टेन्स फ्रन्ट टीआरएफ ले आक्रमणको जिम्मा लिएको छ । कस्मिर क्षेत्रमा सन् १९८९ देखि चलिरहेको विद्रोहमा लडाकुहरू भारतबाट स्वतन्त्रता वा पाकिस्तानसँग मिलनको पक्षमा छन् ।

आतंकवादी हमलाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्रुर घट्नाको संज्ञा दिदै निन्दा गर्नु भएको छ । घट्ना लगत्तै भारतीय गृहमन्त्री अमित शाह कस्मिर पुग्नुभएको छ ।

विपक्षी नेता राहुल गान्धीले यो घट्नालाई हृदयविदारक भन्दै संघीय सरकारले उत्तरदायित्व लिनु पर्ने माग गरेका छन् । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पदेखि धेरै देशका राष्ट्रप्रमुखहरूले घटनाको निन्दा गरेका छन् ।

गोली लागेका घाइतेहरूको उपचार भइरहेकाले मृतकको संख्या बढ्न सक्ने सञ्चार माध्यमहरुले जनाएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा