काठमाडौं । भारतको जम्मु कश्मिरमा भएकाे आतंकवादी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आज बिहान स्वदेश ल्याइएको छ ।
परराष्ट्र मन्त्रालयको पहलपछि सुदीपको शव श्रीनगरबाट नयाँदिल्ली हुँदै लखनऊसम्म हवाइजहाजमा र त्यहाँबाट नेपाल भारत सीमानाकासम्म एम्बुलेन्सबाट ल्याइएको हो । भैरहवास्थित नेपाल भारत नाका सुनौलीमा सुदीपका आफन्त शव लिन पुगेका थिए ।
मंगलबार जम्मू कश्मिरको पहलगाममा आतंकवादी हमला हुँदा बुटवल उपमहानगरपालिका १४ का २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको थियो।
सुदीप वैशाख ६ गते आमा र बहिनीज्वाइँसहित भारत घुम्न जानुभएको थियो। हमला हुँदा भागदौडमा परेर आमा सामान्य घाइते हुनुभएको छ भने बहिनीज्वाइँ सकुशल रहेको छिमेकीले बताएका छन्।