Lite Nepal

मंगलबार, बैशाख १६, २०८२

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (आव ०८२/८३) वैशाख १९ गते ल्याउने भएको छ।

सोमबार राति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने निर्णय गरेको हो ।

सरकारको नीति तथा कार्यक्रम संघिय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा वाचन गरेर सार्वजनिक गर्ने संबैधानिक व्यवस्था रहेको छ।

मन्त्रि परिषद्को बैठकले संविधानको धारा ९५ अनुसार नीति तथा कार्यक्रम सार्वजनिक गर्न राष्ट्रपति समक्ष सिफारिस अनुरोध गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

गएको १२ गते बोलाइएको संघीय संसद्को दुवै सदनको अधिवेशनमा परम्परा तोड्दै सरकारले बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल नगरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।

संसद्मा प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि छलफल हुनेछ। संघिय संसद्को दुवै सदनमा अलग-अलग छलफल हुनेछ। करिब एक साता छलफल गरे पछि नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २८ गते जवाफ दिने कार्यतालिका बनाइएको छ।

यस्तै बजेटको सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभामा वैशाख २८ गते नै प्रस्तुत गरिने छ । बजेटको सिद्धान्त र प्राथमिकतामाथि वैशाख ३० देखि छलफल गर्ने कार्य तालिका छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा