Lite Nepal

मंगलबार, बैशाख १६, २०८२

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले नेकपा (एमाले) पार्टीले नेपाली चलचित्र, कला र कलाकारको सधैँ सम्मान गर्ने बताएका छन् ।

‘नेपाली चलचित्र र कलाले नेपालको मौलिकता र जीवन बोकेको हुन्छ,’ उनले भने, ‘यसको माध्यमबाट नेपालको पहिचान र राष्ट्रियतालाई विश्वमाझ चिनाउन सकिन्छ । युवासंघ सधैँ नेपाली कला र कलाकारको सम्मान गर्छ ।’

नेपाली चलचित्र ‘अञ्जिला’ हेर्न पुगेको युवासंघको टोली ।

युवासंघ नेपालका ४० जना बढीको समूहमा बानेश्वरस्थित आइएनआइ सिनेमा हलमा चलचित्र ‘अञ्जिला’ हेर्न पुगेका थेबेले चलचित्रको विकास र कलाकारको सम्मानमा युवासंघ सधैँ साथमा रहेको बताए ।

‘हामी कलाकारको कला मात्रै होइन विचारलाई पनि सम्मान गछौं,’ उनले थपे, ‘कलाकारले चलचित्रमा कलाको माध्यमबाट समाज चिनाएको हुन्छ भने, व्यक्तिगत विचारबाट उसको क्षमता र दक्षता पनि चिनाएको हुन्छ ।’

व्यक्तिगत विचारका कारण पछिल्लो समय नायिका सुरक्षा पन्त विवादमा आएको विषयमा बोल्दै अध्यक्ष थेबेले कलाकारको पनि व्यक्तिगत जीवन र विचार हुने भएकाले नकारात्मक प्रचार र चर्चा आवश्यक नरहेको बताए ।

‘यो जनताले ल्याएको लोकतन्त्र हो । यहाँ आफ्नो विचार राख्न सबैले पाउँछन् । सुरक्षा जीको विचार र तर्कमा दम छ । उहाँ अध्ययनशील र नेपालको परिवर्तन बुझेको कलाकार हो, उहाँका विचारमा विवाद ल्याउनेहरू लोकतन्त्र नचाहनेहरू हुन्,’ उनले भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा