Lite Nepal

बुधबार, चैत्र २६, २०८१

तीनजुरे । कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ भव्य रूपमा सुरु गरेको छ। तेह्रथुमको तीनजुरे–मिल्के क्षेत्रबाट सुरु गरिएको कार्यक्रममार्फत प्रदेश सरकारले पर्यटनलाई समृद्धिको आधारका रूपमा अघि बढाउने जनाएको छ।

कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका सबै क्षेत्रहरू पर्यटनको दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गर्दै, ती क्षेत्रको विकास गरेर राष्ट्रिय पूँजी निर्माण गर्न सकिने बताएका छन्।

पर्यटन वर्षलाई आधार वर्ष बनाइँदै दीर्घकालीन पर्यटन रणनीति तय गर्न लागेको उनले बताए। स्थानीय तहसँगको सहकार्यमा कोशी प्रदेशलाई नमुना प्रदेशको रूपमा अगाडि बढाइने प्रतिबद्धता उनले जनाए।


उनका अनुसार सुरक्षा निकाय, जनप्रतिनिधि र सरकारी संयन्त्रको व्यवहारमा सुधार ल्याउँदै पर्यटन प्रवर्द्धनमा लाग्न जरुरी छ। सबै जातजाति, धर्म र संस्कृतिको जगेर्ना गर्दै संरक्षणमा सरकारले ध्यान दिइरहेको समेत उनले बताए।

“पर्यटनको माध्यमबाट वैदेशिक ऋण र व्यापार घाटा घटाउन सकिन्छ,” उनले भने, “ऊर्जा, जलविद्युत, जडीबुटी र पर्यटन क्षेत्रमा काम गरेर समृद्धिको बाटो खोल्न सकिन्छ।”

प्रदेशलाई बन्द–हड्तालमुक्त बनाएर समस्या संवादबाट समाधान गर्नुपर्ने उल्लेख गर्दै उनले त्यसले विकास र समृद्धिमा नयाँ मोड ल्याउने विश्वास व्यक्त गरे।

माङसेबुङ, हलेसी र बाराह क्षेत्रजस्ता धार्मिक तथा साहसिक पर्यटनको सम्भावना रहेका क्षेत्रलाई विकास गरेर ठूलो लाभ लिन सकिने उनको भनाइ थियो।

सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्र उत्साहित भएको भन्दै उनले कानुनमा अझ सुधार आवश्यक रहेको बताए। भारत र चीनबाट पर्यटक भित्र्याउन संघीय सरकारले पहल गर्नुपर्ने धारणा पनि उनले राखे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा