Lite Nepal

शुक्रबार, चैत्र २८, २०८१

बुटवल । नेकपा (एमाले)ले आज बुटवलमा लुम्बिनी प्रदेशस्तरीय बृहत् जागरणसभा गर्दैछ । पछिल्लो समय संघीय लोकतान्त्रिक गणतन्त्रमाथि भइरहेको प्रहारका विरूद्ध जनतालाई सचेत पार्न जनसचेतना अभियानअन्तर्गत एमालेले आज बुटवलमा जागरणसभा गर्न लागेको हो ।

तीनमहिने वडा केन्द्रित ‘जरा अभियान’ चलाइरहेको एमालेले अभियानअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय जागरणसभा गर्न लागेको हो । एमालेले गत चैत ११ गतेदेखि ३० गतेसम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनसचेतना कार्यक्रम आयोजना गरिरहेको छ । सोहीअन्तर्गत आज दिउँसो १ बजे रामनगरस्थित बुटवल मण्डपमा प्रदेशस्तरीय जागरणसभा गर्न लागिएको एमाले रुपन्देहीले जनाएको छ ।

सभालाई प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष तथा अर्थमन्त्री विष्णु पौडेलसहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभापूर्व बुटवलबाट भैरहवासम्म ५ हजार मोटरसाइकल र ५०० सय गाडीसहितको र्‍याली निकालिने र रामनगरस्थित कार्यक्रम स्थलमा पुग्ने कार्यक्रम रहेको छ ।

एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै गणतन्त्रको पक्षमा राष्ट्रिय जागरण अभियान एमालेले चलाएको बताइन् । ‘सरकारमा भएको पार्टीले किन सभा गरेको भनेर पनि प्रश्न उठेका छन्, पार्टी सरकारमा भएपनि व्यवस्थाविरुद्ध भएका गलत प्रचारलाई आम नागरिकलाई बुझाउन यो जरुरी छ’ सचिव अर्यालले भनिन् ‘काम गर्दा केही कमजोरी भएका पक्कै हुन सक्छन्, त्यसलाई सच्चाउने हो, यो व्यवस्था त्यसै आएको होइन, यसको रक्षा गर्ने सबैको दायित्व हो, गलत प्रचार गर्नेलाई वास्तविकता बताउन र भ्रम चिर्ने मुख्य उद्देश्य हो ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा