Lite Nepal

शनिबार, चैत्र २९, २०८१

सुनसरी । कोशीटप्पु वन्यजन्तु आरक्ष र कोशी नदी क्षेत्रमा ३ हजार ७ सय २३ चरा थपिएका छन् । ‘मिडविन्टर वाटर बर्ड सेन्सस २०२५’ को प्रतिवेदनअनुसार त्यस क्षेत्रमा चराको संख्या ९ हजार २ सय ५० पुगेको छ । चराको प्रजाति संख्या भने ७६ रहेको छ ।

कोशी पन्छी समाजका अध्यक्ष चक्र तिम्सिनाका अनुसार सुरक्षित बासस्थान, पर्याप्त आहाराको उपलब्धता र संरक्षणका गतिविधिले चराको संख्या बढेको हो । ‘कोशीटप्पुमा चराको बढ्दो संख्याले संरक्षणका प्रयास सफल भएको देखाएको छ,’ उनले भने, ‘तर दीर्घकालीन रूपमा यसलाई कायम राख्न जनसहभागिता, अनुसन्धान र सरकारी नीतिगत जरुरी छ ।’

आरक्षण अधिकारीहरूका अनुसार कुल चरामध्ये चखेवा सबैभन्दा धेरै १ सय ६८ वटा छन् । कोशीटप्पुमा दुर्लभ प्रजातिका सेतोकण्ठे गरुड, पानीचाहा, चित्राङ्गद, फुस्रो टिकटिके पनि पहिलो पटक देखा परेका छन् । यहाँ करिब ५० प्रजातिका बटुवा चरा बसोबास गर्छन् भने चितवन, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल जस्ता क्षेत्रहरूसँगै यो पनि महत्त्वपूर्ण पन्छी आवास क्षेत्र मानिन्छ । सन् १९८७ देखि नै यहाँ चराहरूको नियमित गणना हुँदै आएको छ, जसले विश्वव्यापी पन्छी संरक्षण अध्ययनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

अहिलेको जस्तै संरक्षणको लय कायम रहे कोशीटप्पुलाई अन्तर्राष्ट्रियस्तरमा ‘बर्ड सेन्चुरी’ का रूपमा विकास गर्न सकिने पन्छी विज्ञहरूले बताएका छन् । उनीहरूले यस क्षेत्रलाई प्रदूषण, मानवीय दखल र जलवायु परिवर्तनबाट जोगाउन पनि अपिल गरेका छन् । चराका खोजकर्ता देवेन खरेलको भनाइमा कोशीटप्पु जैविक विविधताको प्रतीक मात्रै होइन, अन्तर्राष्ट्रिय पन्छी अवलोकन केन्द्रको रूपमा विकसित हुने सम्भावना बोकेको क्षेत्र पनि हो । ‘संरक्षणमा स्थानीय जनसहभागिता र वैज्ञानिक अध्ययनको निरन्तरता कायम रहन सके, यो सम्भावना एक दिन यथार्थमा बदलिन सक्नेछ,’ उनी भन्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा