काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पदबाट राजीनामा दिएकी छन् ।
बालुवाटार निकट स्रोतका अनुसार शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला माग पुरा गर्न र आन्दोलन रोक्न प्रधानन्त्रीले भूमिका नखेलेकाले पदबाट राजीनामा दिएकी हुन् ।
आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुनेछ ।