ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघुका निमदोर्र्जी शेर्पाले बाबुको पाला (पुस्ता) देखि गोठपालन पेशा अँगाल्दै आएका छन् । उमेरले ६५ वर्ष पुगेका शेर्पा बाल्यकालदेखि नै गोठपालन पेशामा संलग्न रहँदै आएका छन् ।
साँघुकै मिल्के क्षेत्रको जङ्गलमा गोठ राखेर गाईबस्तु पाल्दै आएका शेर्पाले गोठपालनलाई पुख्र्यौली पेशाको रुपमा बुझेका छन् । यसै पेशाबाट जीविकोपार्जन गर्दै आएका शेर्पा उमेर ढल्कन लाग्दासमेत अहिले पनि गोठपालनमा सक्रिय हुन् । तीन भाइ छोरा र चार बहिनी छोरी भए पनि हाल जङ्गलको गोठमा उनी एक्लै बस्दै आएका छन् ।
शेर्पाका अनुसार चारवटै छोरीको विवाह भइसकेको छ । छोराहरु एकजना काठमाडौंमा बङ््गुर फर्म सञ्चालन गर्दै आएका छन् भने एकजना वैदेशिक रोजगारीमा कतार गएका छन् । कान्छा छोरा वैदेशिक रोजगारीमा जाने प्रक्रियाकै लागि कोरियन भाषा पढ्दै आएका उनले बताए । छोराछोरीको विवाह खर्च, पढाइ र वैदेखिक रोजगारीमा पठाउँदा लाग्ने खर्च गोठपालनकै आम्दानीबाट धानेको उनी बताउँछन् ।
हाल गोठमा २५÷३० वटा गाई रहेको र तीनै गाईबस्तुको स्याहार सम्भार गर्दै आएको शेर्पाले बताए । उनका अनुसार गोठपालनबाट हुने मुख्य आम्दानी छुर्पी, घ्यु र बाछाबाछी बिक्री गरेर हुने आम्दानी हो । वार्षिक ३५० देखि ४०० केजीसम्म छुर्पी उत्पादन हुने र घ्यु पनि डेढ सय केजीसम्म हुने उनले बताए । छुर्पी प्रतिकेजी आठ सय देखि एकहजार रुपियाँसम्म र घ्यु ७०० रुपियाँमा बिक्री हुने गरेको छ ।
छुर्पी, घ्यु र बाछाबाछी बिक्री गरेर सबै खर्च कटाएर वार्षिक न्युनतम् पाँच लाख रुपियाँसम्म आम्दानी हुने उनको भनाइ छ । चरन क्षेत्रको अभाव नरहेकाले गोठपालन सजिलो पेशा भएको र यस पेशाबाट आम्दानी पनि सन्तोषजनक हुने उनले बताए । उनी लगायत साँघुका अन्य केही परिवारले समेत गोठपालन पेशा संलाग्दै आएका छन् ।
यता बाबु बाजेले अँगालेको गोठपालन पेशालाई आपूmहरुले निरन्तरता दिएको भए पनि यो पेशाको पुस्तान्तरण हुने अवस्था भने नरहेको उनीहरुको भनाइ छ । पछिल्लो पुस्ता वैदेशिक रोजगार, व्यापार÷व्यवसाय, जागिरजस्ता वैकल्पिक माध्यमको खोजीमा रहने गरेका साथै उनीहरु वैकल्पिक पेशामा नै संलग्न हुन थालेकाले गोठपालन गर्ने पुख्र्यौली पेशा सङ्कटमा पर्दै गएको बताइएको छ । नयाँ पुस्ताले गोठपालनजस्ता पुख्र्यौली पेशा झन्झटिलो पेशा भएको पनि बताउन थालेका छन् । सजिलो खबर