काठमाडौं । भक्तपुरको सूर्यबिनायकमा निषेधाज्ञाका कारण बिक्री नभएपछि दूध सडकमा फ्याँकिएको छ ।
सूर्यबिनायक नगरपालिका ८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले बिक्री नभए पछि सडकमा दूध फ्याँकेका हुन् ।
किसानबाट संकलन गरेको दूध बिक्री ठप्प भएपछि शुभमाया श्रेष्ठ सञ्चचालक रहेको डेरीले सडकमा खन्याइदिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताए ।
‘आज बिहान दूध पोखिएको जानकारी आयो, कारण बुझ्दा नबिकेर फ्याँकिएको भनेर सञ्चालकले जानकारी दिए,’ प्रवक्ता प्रहरी नायव उपरिक्षक गिरीले भने ।
भक्तपुरमा निषेधाज्ञाको समयमा बिहान ९ः१५ बजेसम्म मात्रै दूध तथा खाद्यन्न पसल सञ्चालन गर्न पाइन्छ ।
त्यस बाहेकका समयमा पानी र औषधिजन्य व्यवसाय मात्रै सञ्चालन गर्न पाईने भएकाले दूग्ध पदार्थको संकलन र बिक्री प्रभावित भएको छ ।
निषेधाज्ञाका कारण बिक्री घट्दा किसान र व्यवसायी दुवै मारमा परेको नेपाल डेरी एशोसिएसनले जनाएको छ ।