काठमाडाैं । पूर्वट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथूलाई ललितपुर महानगरपालिकाले नगर प्रहरी प्रमुखमा नियुक्त गरेको छ।
ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनका अनुसार हाछेथूलाई नगर प्रहरी र दमकललाई व्यवस्थित गर्ने जिम्मेवारीसहित नगर प्रहरी प्रमुखमा नियुक्त गरिएको हो।
हाछेथू २०७५ मंसिरमा नेपाल प्रहरीबाट सेवानिवृत्त भएका थिए।