विराटनगर । ‘प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार’ बाट यो वर्ष एपीवान टेलिभिजन झापा व्यूरो प्रमुख सुब्रत न्यौपाने पुरस्कृत हुने भएका छन् ।
नेपाल निजामति कर्मचारी संगठनद्धारा स्थापित उक्त पुरस्कार यो वर्ष टेलिभिजन कर्मी न्यौपानेलाई दिने निर्णय भएको संगठन झापाका अध्यक्ष केदार पोखरेलले जानकारी दिए ।
पत्रकार न्यौपाने २० वर्षदेखि झापाको पत्रकारितामा क्रियाशील छन् । पुरस्कारको राशि सात हजार पाँचसय रुपैयाँ छ ।