विराटनगर । विराटनगर महानगरपालिका २ का वडाध्यक्ष सहित थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका वडाध्यक्ष कुमार पोखरेलमा संक्रमण पुष्टि भएको हो ।
रिपोर्ट पोजेटिभ आएपनि आफूमा कुनै लक्षण नदेखिएको उनले बताएका छन् ।
उनी होम आइसोलेशनमा बसेका छन् ।
यस्तै थपिएका अन्य ६७ जना संक्रमितहरुमध्ये अधिकांश कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु हुन् ।
केहि अस्पतालमा उपचाररत विरामीसमेत रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।
योसँगै विराटनगरमा मात्रै कोरोना संक्रमितको संख्या १ हजार ३५१ पुगेको छ ।