विराटनगर । प्रदेश १ मा विहीबार ८६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितमा सुनसरीका २३, संखुवासभाका २२, मोरङका १६, झापाका १२, पाँचथरका ४, भोजपुरका ३, उदयपुर, इलाम र प्रदेश १ बाहिरका २–२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको इटहरीमा ८ महिला ६ पुरुष, दुहवीमा १ महिला ३ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, धरान र बर्जुमा १–१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय सुनसरीमा बढी संक्रमित देखिन थालेका छन् ।
यस्तै संखुवासभाको खाँदबारीमा २० पुरुष, सिलिचोङमा १ पुरुष, चिलिलामा १ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ भने मोरङको विराटनगरमा २ महिला ४ पुरुष, रतुवामाईमा ३ महिला २ पुरुष, पथरीशनिश्चरेमा १ महिला १ पुरुष, कटहरी र सुनबर्षीमा १–१ पुरुष र रंगेलीमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उता झापाको शिवसताक्षीमा २ महिला ५ पुरुष, कमल गाउँपालिका र बाह्रदशीमा १–१ पुरुष, दमकमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुषमा संक्रमण देखिएको छ ।
पाँचथरको फिदिममा २ पुरुष, मिक्लाजुङमा १ पुरुष, फालेलुङमा १ महिला, भोजपुरको ट्याम्केमैयुङ, भोजपुर र षडानन्दमा १–१ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, इलामको चुलाचुलीमा १ महिला १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ४९८ पुगेको छ ।
प्रदेश १ मा विहीबार ५ जना मात्रै डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ९५३ पुगेको छ ।
प्रदेश १ मा विहीबार १ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गरिएको छ ।
परीक्षण गरिएका मध्ये २३ महिला र ६३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
हाल सम्म १ लाख ४ हजार ८४४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।