विराटनगर । विराटनगरका एक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार साँझ सडकमा हिँडिरहेको बेला एक्कासी बेहोस भएका कोशी अस्पताल विराटनगरको बच्चा विभागमा कार्यरत चिकित्सक डाक्टर विनोद बिराजीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
उनलाई तत्काल उपचारका लागि कोशी अस्पतालको इमरजेन्सी हुँदै आईसीयूमा भर्ना गरिएको थियो । आइसियूमा राखेर उपचार गर्ने क्रममा आइतबार उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।
मस्तिष्कमा पनि समस्या देखिएपछि आफन्तले उनलाई उपचारका लागि भारततर्फ लागेका छन् ।
कोशी अस्पताल विराटनगरका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार उनलाई आइतबार नै भारततर्फ लगिएको हो ।
ती चिकित्सकको उपचारमा खटिएका अस्पतालका १६ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेका छन् ।