धनकुटा । धनकुटा महालक्ष्मी ९ का धन बहादुर लिम्बुकी ७ महिनाकी छोरीको आफ्नै घरले पुरिएर मृत्यु भएको छ ।
बुधबार दिउँसो बर्षाको कारण ढुङ्गा माटो र टिनको छानो भएको घर भत्किदा सोही घरले पुरीएर नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
धन बहादुर सामान्य घाईते भएका छन ।
साथै सोही घरको मुनी रहेका एउटा भैँसी र एउटा गाई समेतको पुरीएरै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।