लक्ष्मी कटुवाल । विराटनगर
उदयपुरको रौतामाई २ का ५५ वर्षिय लुङगेली मगरको खोलाले बगाएर मृत्य भएको छ ।
आइतबार राती करिब ८ बजे माइती घरबाट फर्कदै गर्दा सोही स्थानमा रहेको रसुवा खोला तर्ने क्रममा बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।
दुई सय मिटर सम्म खोलाले बगाएपछि झारीमा अडकेको अवस्थामा मगरको शव फेला परेको प्रहरीले जनाएको छ ।