धरान । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङका एक कोरोना संक्रमितको मृत्यू भएको छ ।
मोरङ सुनबर्सी ७ का ६८ वर्षिय ती पुरुषको मंगलबार विहान ३ बजे मृत्यू भएको प्रतिष्ठानले जानकारी दिएको हो ।
ज्वरो, खोकी र श्वास–प्रस्वाशमा समस्या देखिएर गत असोज ५ गते नोबेल मेडिकल कलेजमा भर्ना भएका उनमा अन्य दीर्घ रोग समेत थियो ।
नोबेलमा उपचार हुन नसकेपछि १० गते धरान रेफर गरिएका उनको भेण्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
सोही क्रममा मंगलबार विहान मृत्यू भएको अस्पतालका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।