विराटनगर । प्रहरीले विराटनगर १६ दरैयाका ६१ वर्षीय रामु मण्डललाई खैरो हिरोइन (ब्राउन सुगर)सहित पक्राउ गरेको छ ।
सोमबार दिउँसो विषेश सुराकिको आधारमा प्रहरीले साइकलमा आइरहेको मण्डललाई विराटनगर १२ कलेज रोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनको साथबाट ५ ग्राम ७० मिलीग्राम ब्राउन सुगर फेला परेको प्रहरीको भनाई छ ।
मण्डललाई नियन्त्रणमा लिएर थप अनुसन्धानका भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।