विराटनगर । विराटनगरबाट ठुलो रकमको जुवा वा सट्टेबाजी खेलाउनमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा ठुलो रकम राखी सट्टेबाजी खेल खेलाएको आरोपमा विराटनगर १५ का ३८ बर्षीय मुन्ना भन्ने सत्यजित साह, ३८ बर्षीय बैजनाथ साह र विराटनगर १७ का ४२ बर्षीय जगदिश साहलाई प्रहरीले पक्राउ गरेको हो ।
आईपीएल क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको वशेष सुचनाका आधारमा उनिहरुलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत तथा प्रहरी प्रवक्ता कबिन्द्र कुमार कार्कीले जानकारी दिए ।
मंगलबार राती पक्राउ परेका उनिहरुको साथबाट नगद ६० हजार रुपैंया, १ थान ल्याप्टप, ३ थान मोबाईल र १ थान मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उनिहरुले अनलाइनबाटट कुन टिमको हारजीत हुन्छ भनि बाजी मार्नका लागी रकम कबोल गराई सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता कबिन्द्र कुमार कार्कीले बताए ।