Lite Nepal

शनिबार, कार्तिक ०१, २०७७

विराटनगर । कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा ३, मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १२९ पुगेको छ ।

प्रदेश १ मा थप ४८१ जना कोरोना संक्रमण देखिएको छ । मोरङमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५६ महिला र ६८ पुरुष रहेका छन् । मोरङको सुन्दरहरैचा, उर्लाबारी र बुढीगंगामा १३–१३, बेलबारी र जहदामा ९– ९, लेटाङमा ८, रतुवामाई, धनपालथान र पथरीशनिश्चरेमा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा १०९, इनरुवामा २९, इटहरीमा १५, रामधुनीमा ९, देवानगञ्ज र दुहवीमा २–२, बराहक्षेत्र र गढीमा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको विर्तामोडमा २३, दमकमा १३, भद्रपुर र कनकाईमा ७–७, मेचीनगरमा ६, कमल गाउँपालिकमा ४, अर्जुनधारामा ३, शिवसताक्षीमा २, गौरादह र हल्दिबारीमा १–१ र स्थानीय तह नखुलेका ५, संखुवासभाको मकालुमा ८, खाँदबारीमा ३, चैनपुरमा २, सभापोखरी र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

इलामको इलाममा ६, चुलाचुलीमा ३, खोटाङको खोटेहाङ र साकेलामा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको षडानन्दमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार १८३ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ४५० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४५ हजार ३८३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा