विराटनगर । विराटनगरमा अर्काको नाममा परीक्षा दिने एकजना परीक्षर्थी पक्राउ परेका छन् ।
लोक सेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने बिल्साद आलम सोमबार पक्राउ परेका हुन् ।
विराटनगर महानगरपालिका ४ स्थित गोग्राहा माध्यामिक बिद्यालय केन्द्रबाट आलमलाई मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विाटनगरका सूचना समन्वय अधिकृत कबिन्द्र कुमार कार्कीले जानकारी दिए ।
आलमले, अवताव आलमको ठाउँमा परीक्षा दिईरहेका थिए । उनलाई लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।