Lite Nepal

सोमबार, पौष ०६, २०७७

काठमाडौं । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् ।

मन्त्रालयमा आयोजित औपचारिक विदाई कार्यक्रममा बोल्दै भट्टराईले भने ‘विघटन भएको संसद सर्बोच्च अदालतले पुर्नस्थापना गर्छ ।’ लोकतान्त्रिक प्रकृयामा आघात पुगेका कारण आफुसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको उनले बताए ।

‘यदि यो देशका संवैधानिक अंगहरु स्वतन्त्र, विवेकशील र ठीक छन् भने संसद पुर्नस्थापना हुन्छ,’ भट्टराईले भने, ‘मुलुक रसंविधानप्रति जवाफदेही छन् भने सतप्रतिशत संसद पुर्नस्थापना हुन्छ । हुनुपर्छ । त्यो नै हाम्रो लोकतन्त्रको विजय हुन्छ । संविधानको रक्षा हुन्छ ।’

भट्टराईले प्रधानमन्त्री ओलीले संसद विघटको प्रस्ताव गर्दा आफुहरुले रोक्ने धेरै प्रयास गरे पनि सम्भव नभएको बताए । ‘संविधान पल्टाएर हेर्दा संवैधानिक नै छैन । कानून र संविधानको हिसाबले मेल खाँदैन ।

राजनीतिक हिसाबले राजनीतिक मुल्यलाई बोकेको छैन । जुनसुकै कारणले भएपनि यो अलोकतान्त्रीक नै हो । अन्य बाटोहरु पनि थिए । असंवैधानिक काम गर्न नपर्ने थियो गर्नुभयो । दुःखी छौँ ।’ उनले भने ।

भट्टराईको विदाइमा मन्त्रालयका सचिव यादव कोइरालाले नेपाली ढाका टोपीका साथै फुलगुच्छा र मायाको चिनो दिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा