Lite Nepal

शुक्रबार, पौष १०, २०७७

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय १५ जना कोरोना संक्रमित संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमा होमआईसोलेनबाट ३ सय ९९, इलाम अस्पताबाट ८, विराट मेडिकल कलेजबाट ६ र मेची अस्पतालबाट १ जना छन् । यो सँगै प्रदेश १ मा कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या २६ हजार ७ सय १० पुगेको छ ।

यसैबिच प्रदेश १ मा शुक्रबार ४० जना कोरोना संक्रमित थपिएका छन् । झापामा १२, मोरङमा १०, सुनसरीमा ९, इलाममा ३, संखुवासभामा २, भोजपुर र सोलुखुम्वुमा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमक र बिर्तामोडमा ३–३, गौरादहमा २, कनकाई, बाह्रदशी, मेचीनगर र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ७, कानेपोखरी, उर्लाबारी र बेलबारीमा १–१, सुनसरीको धरानमा ९, इलामको इलाम नगरपालिका, माई र चुलाचुलीमा १–१, संखुवासभाको खाँदबारीमा २, भोजपुरको भोजपुरमा १, सोलुखुम्वुको माप्यदुधकोशीमा १ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय १४ पुगेको छ । प्रदेश १ मा शुक्रबार ३ सय १० जनाको पीसीआर परीक्षण परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६ महिला र २४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ६ हजार ७ सय २४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा