Lite Nepal

मंगलबार, पौष १४, २०७७

विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका(२ स्थित हरियाली सामुदायिक वन अगाडि जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार पश्चिमतर्फ आउँदै गरेको को १ च ९९४५ नम्बरको स्कारपियोले विपरीत दिशातर्फ जाँदै गरेको मे ११ प ८२८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको छ ।

दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको मिक्लाजुङ गाउँपालिका–४ का ३५ वर्षीय सन्तोष लिम्बू र पछाडि सवार २२ वर्षीय सुनिल विकको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेर चालक लिम्बूको घटनास्थलमै ज्यान गएको हो । गम्भीर घाइते भएका विकको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा साँझ ५ बजेतिर मृत्यु भएको एसपी शर्माले बताए ।

दुर्घटनामा परेर मोटरसाइकलमा आगलागी भएको छ । दुर्घटना लगत्तै सडकमा बजारिएको मोटरसाइकलको ट्यांकी लिक गएर पेट्रोल बाहिर निस्किएपछि आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

तत्काल निभाउन नसक्दा आगोले जलेर मोटरसाइकलमा पूर्ण रुपमा क्षति पुगेको एसपी शर्माले बताए । दुर्घटनापछि स्कारपियो र चालक झापा दमक–२ का ३७ वर्षीय लक्ष्मीकुमार धिमाललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा