विराटनगर । ओखलढुङ्गाको मानेभञ्ज्याङमा टिफर दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ ।
मानेभञ्ज्याङ गाउँपालिका ६ हिलेपानि स्थित सिद्दिचरण राजमार्गमा बा ४ ख ५१६ न नंबरको टिफर दुर्घटना भएको हो ।
कटारीबाट इटा लिएर ओढु तर्फ जाँदै गरेको बा टिफर अनियन्त्रित भई सडकबाट करिव २ सय मिटर तल झरेको थियो ।
दुर्घटनामा उक्त टिफरमा सवार ३ जना मध्ये बिजय तामाङको घटनास्थलमानै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । मृतकको अन्य विवरण खुल्न बाँकि रहेको छ ।
अन्य सवार मानेभञ्याङ ७ का सुजन भुजेल सामान्य घाईते भई उपचारको लागी जिल्ला अस्पताल रुम्जाटार पठाएको र चालक फरार रहेको बताइएको छ ।