विराटनगर । झापाको गौरादह नगरपालिका ४ मा दुईवटा मोटरसाईकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ ।
सोमबार साँझ दक्षिणबाट उत्तरतर्फ जादै गरेको मे १० प ११६७ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको मे ४ प २२७२ नम्बरको मोटरसाईकलमा एक आपसमा ठोक्किदा मे १० प ११६७ नम्बरको मोटरसाईल चालक गौरादह नगरपालिका ५ का ३४ बर्षीय होम प्रसाद उप्रेती घाईते भएका थिए ।
घाईते उप्रेतीको झापाको बि एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यलय दमकले जनाएको छ । घटनाको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।