Lite Nepal

शुक्रबार, माघ २३, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपीशर्मा ओली समूहले आज शक्ति प्रदर्शन गर्दैछ। काठमाडौँको ट्राफिक जाम नहोस् भनेर जनसभाको आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको बागमती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिए।

जनसभामा काठमाडौंका साथै बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी हुने उनले बताए। कमिटीले प्रतिनिधिसभा विघटन भइ निर्वाचन घोषणा गरिएको नयाँ परिस्थिति, नयाँ राजनीतिक घटनाक्रमबारे जनस्तरमा सन्देश दिन जनसभाको आयोजना पोखरेलको दाबी छ।

१२ बजेबाट सुरु हुने जनसभालाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत मन्त्री र नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
जनसभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिने जनाइएको छ। बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाईन्स अगाडि, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोड, टेकु, बसन्तपुर, सोह्रखुट्टे, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका स्थानबाट र्‍याली निकालिन लागेको हो।

प्रदेश कमिटीको यही माघ ६ गतेको बैठकले कमिटी पुनःगठन गरी सचिव आनन्दप्रसाद पोखरेललाई अध्यक्ष र निवर्तमान सांसद खेमप्रसाद लोहनीलाई सचिवमा चयन गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षले काठमाडौंमा गरेको शक्ति प्रदर्शनलाई ‘सामान्य भन्दै २३ गते वास्तविक जनप्रदर्शन हुने दावी गरेका थिए। गत पुस ५ गते प्रतिनिधिसभा विघटन भइ आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन तोकिएको छ।

कार्यक्रमको प्रचारका लागि बिहीबार साँझ काठमाडौंमा महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले वाल्मीकी कलेजबाट मार्चपास गरेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा