Lite Nepal

शनिबार, फाल्गुण ०१, २०७७

विराटनगर । वैदेशिक रोजगार विभागको टोलीले सुनसरीको इटहरीस्थित एक दर्जन म्यानपावरमा छापा मारेको छ। विभागका महानिर्देशक कुमार दाहालले इटहरीका म्यानपावरमा छापा हानिएको जानकारी दिए। त्यस क्रममा विभागले २ म्यानपावरलाई कारबाही गरेको छ।

विभागले शुक्रबार इटहरीको एचआर म्यानपावर कम्पनी र मेमोरियल म्यानपावर कम्पनी बन्द गराएको हो। कार्यालयमा सिलबन्दी गरी शाखा बन्द गरिएको विभागले जनाएको छ। ती कम्पनीबाट कामदारको सूचीलगायत महत्त्वपूर्ण कागजात जफत गरिएको महानिर्देशक दाहालले बताए।

अवैध रूपमा शाखा सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको गुनासो आएपछि विभागले छापा मारेको हो। विभागले पछिल्लो समय म्यानपावर कम्पनीमा छापा हानिरहेको छ । इटहरीमा अवैध रूपमा शाखा सञ्चालन भई युवाहरू ठगिएको भन्दै विभागले टोली पठाएको थियो।

धेरै म्यानपावर निगरानीमा रहेको दाहालले बताए। काठमाडौंको एसओएस म्यानपावरलाई ६ महिना कारबाही गर्दा मन्त्री गौरीशंकर चौधरीले २ महिनामै कारबाही फुकुवा गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा