Lite Nepal

बुधबार, फाल्गुण २६, २०७७

काठमाडौँ । गत पुस ५ गते विघटनपछि फागुन ११ गते पुनर्स्थापना भएको प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दैछ ।

संसद सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो । पहिलो बैठक २३ गते बसेको थियो ।

आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय ९पहिलो संशोधन०, सामाजिक सुरक्षा ९पहिलो संशोधन० र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश पेस गर्ने कार्यक्रम छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० अध्यादेश पेस गर्ने कार्यसूची छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि ९तेस्रो संशोधन० अध्यादेश पेस गर्नेछन् । यसैगरि पूर्व तथा बाहालवाला गरि १४ सांसदको निधनमा शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।

फागुन २३ गतेको पहिलो बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस ल्याएको भन्दै फिर्ता लिन माग गर्दै नेपाली कांग्रेस र जसपाले बैठक अवरुद्ध पारेका थिए । त्यस्तै प्रचण्ड–नेपाल पक्षले पनि बैठक बहिष्कार गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा