झापा । बिहीबार साँझ झापाको दमकबाट एक महिला लुटिएकी छिन् ।
दमक ६ स्थित पुरानो सब्जि बजार नजिकै कामना सेवा बैंक अगाडिबाट एक महिलाको नगद, पर्स र मोवाईल लुटिएको हो ।
मानिसहरु ओहोर दोहोर गरिरहेको अवस्थामा मोटरसाइकलमा आएका व्यक्तिले लुटपाट गरेर भागेको बताएका हुन् ।
मोटरसाइकलमा आएका ब्यक्तिले नगद सहितको पर्स र मोबाइल लुटेपछि ती महिला हारगुहार गर्दै कराउँदै लुटेरालाई पछ्याएको नजिकै रहेको एक पसलमा रहेको सीसीटीभी क्यामेरा फुटेजमा देखिएको छ ।
व्यस्त समयमानै लुटपाट भएको र त्यसबारे खोजी कार्य तिब्र गरिएको ईलाका प्रहरी कार्यालय दमकका डीएसपी नवराज कार्कीले बताए ।