Lite Nepal

शुक्रबार, बैशाख १०, २०७८

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर केही समय बन्द हुने भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वैशाख मसान्त सम्मका लागि मन्दिर बन्द भएको जनाएका हुन् ।

‘यहाँ धेरै भक्तजन बाहिर जिल्लाबाट आउनु हुन्छ,’ काफ्लेले भने, ‘शुक्रवार बेलुका सदरमुकाम फुङलिङ आएका र माथील्लोफेदी लगायतका क्षेत्रमा पुगेकालाई शनिबार बिहान पूजा गराएर फर्काउँछौं ।’ शनिबार बिहान सुरक्षाविधि अपनाएर पूजा गराउने बाहेक अन्य तीर्थयात्रीलाई मन्दिर नआइदिन समितिले अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे मन्दिर बन्द गर्ने निर्णय वैशाख ७ गते नै भएको र शनिबारदेखि कडाइका साथ लागू गर्ने बताए । ‘झापा, इलाम र पाँचथर प्रशासनसँग पनि समन्वय गरेको छु,’ पाण्डेले भने, ‘मन्दिरका लागि हिँडेकालाई त्यहीबाट फर्काइदिन अनुरोध गरेको छु ।’ कोरोना संक्रमण बढेका कारण पाथीभरा मन्दिर बन्द गरिएको क्षेत्र विकास समितिले जनाएको छ । सरकारले भने यसअघि नै मठ, मन्दिर, गुम्बा, चैत्य बन्द गर्ने निर्णय गरिसकेको छ ।

पाथीभरामा यो सिजनमा अधिक तीर्थयात्री आउने गरेका छन् । गत मंगलबार ८ हजार ५५ जनाले मन्दिरमा पूजा गरेको क्षेत्र विकास समितिले जनाएको छ । शनिबार र मंगलबार पाथीभरामा अधिक भीड हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा