Lite Nepal

बुधबार, बैशाख १५, २०७८

विराटनगर । प्रदेश १ मा बुधबार २ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय २०, झापामा ५०, सुनसरीमा ४७, ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ४३ महिला र ६२ पुरुष सहित १ सय ५, कटहरीमा ५, सुन्दरहरैचामा ३, जहदामा २, धनपालथान, पथरीशनिश्चरे, बेलबारी , बुढीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको विर्तामोडमा १३, गौरीगञ्जमा ११, दमकमा ५, कमल गाउँपालिकामा ४, शिवसताक्षी, अर्जुनधारा, कनकाई र भद्रपुरमा ३–३, मेचीनगरमा २, बा¥हदशी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सुनसरीको धरानमा २६, इटहरीमा ११, इनरुवामा ४, बर्जुमा २, भोक्राहानरसिंह, बराहक्षेत्र, गढी र स्थानीय तह नखुलेको १–१, ताप्लेजुङको फुङलिङमा ११ र स्थानीय तह नखुलेको १, इलामको माईजोगमाई र रोङमा १–१, भोजपुरमा १, उदयपुरको बेलकामा १ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ९० पुगेको छ । संक्रमित मध्ये ३० हजार ६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ७७ पुगेको छ ।

प्रदेश १ मा बुधबार ८ सय ४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ८९ महिला र १ सय ६७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा