Lite Nepal

बिहिबार, बैशाख २३, २०७८

धनकुटा । कोरोना संक्रमण तिव्र भएपछि स्थानीय प्रशासनले बुधबार मध्य रातिदेखि धनकुटा नगरपालिका क्षेत्रमा निषेध आदेश जारी गरेको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) धनकुटाको बुधबार साँझ बसेको बैठकले आगामी वैशाख मसान्तसम्म निषेध आदेश जारी गरेको हो । डीसीसीएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार तोकिएको समय बाहेक सम्पूर्ण व्यवसाय तथा पसल, निजी तथा सार्वजनिक भाडाका सवारी साधन बन्द रहने छन् । तर, दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीहरु, फोहर बोक्ने, एम्बुलेन्स, प्रेस लगायतका साधन सञ्चालन अनुमति दिइने प्रजिअ दाहालले बताए ।

बिहान ६ देखि ९ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म दैनिक उपभोग्य र अत्यावश्यक सामग्रीको पसल खुल्ला रहने पनि सूचनामा उल्लेख गरिएको छ । यस्तै, तोकिएको समयमा दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्रीहरु बिक्री वितरण तथा किनमेल गर्न व्यापारी तथा आम उपभोक्तालाई धनकुटा उद्योग वाणिज्य संघले अपिल गरेको छ ।

धनकुटामा बुधबार एकै दिन २० संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा