विराटनगर । उदयपुरको कटारी नगरपालिका ११ हर्देनी भीर माथी टिकटक बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।
धरानबाट ओखलढुङगा तर्फ जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो आज बिहान पौने १० बजे हर्देनी भीर माथी सडकमा बिग्रिएको र सोही सुमोमा सवार रहेका धरान–५ का १८ बर्षीय सुभास परियार सुमोबाट ओर्लिएर टिकटक बनाउने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएका थिए ।
उनलाई उपचारको लागी कटारी अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।