विराटनगर । प्रदेश १ मा शुक्रबार ७ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३ सय ५७, झापामा १ सय ४९, सुनसरीमा १ सय १२, उदयपुरमा १५, धनकुटामा १४, संखुवासभामा १३, इलाममा ९, ताप्लेजुङमा ७, खोटाङमा ६, भोजपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङ
मोरङको विराटनगरमा १ सय ३२ महिला र १ सय ४३ पुरुष सहित २ सय ७५, सुन्दरहरैचामा १५, उर्लाबारीमा ११, बेलबारी र बुढीगंगामा ८–८, धनपालथान, पथरीशनिश्चरे र कटहरीमा ७–७, रतुवामाईमा ४, मिक्लाजुङमा ३, जहदा, ग्रामथान, सुनबर्षी र स्थानीय तह नखुलेका २–२, रंगेली, केराबारी, लेटाङ र कानेपोखरीमा १–१ जना संक्रमित थपिएका छन् ।
झापा
झापाको बिर्तामोडमा २७, दमकमा २३, कनकाई र भद्रपुरमा २०–२०, गौरादहमा ९, कमल गाउँपालिकामा ७, अर्जुनधारामा ५, शिवसताक्षीमा २, गौरीगञ्जमा १, सुनसरीको इटहरीमा ५६, धरानमा ३२, इनरुवामा ९, दुहवीमा ७, देवानगञ्जमा ३, बर्जुमा २, बराहक्षेत्र, रामधुनी र कोशी गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय जनाएको छ ।
उदयपुर, धनकुटा, संखुवासभा, इलाम
उदयपुरको त्रियुगामा १३, बेलका र चौदण्डीगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १३ र स्थानीय तह नखुलेका १, संखुवासभाको खाँदबारीमा ११, चैनपुर र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ६, सुर्योदयमा २ र चुलाचुलीमा १ जना संक्रमित थपिएका छन् ।
ताप्लेजुङ, तेह्रथुम, खोटाङ
ताप्लेजुङको फुङलिङमा ५ र पाथिभरा याङवरकमा २ , खोटाङको साकेलामा ६, भोजपुरको आमचोक र ते¥हथुमको आठराईमा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
शुक्रबार १ हजार ५९९ को परिक्षण
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३६ हजार ६ सय ४५ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार १ सय ६९ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ३३ पुगेको छ । प्रदेश १ मा आज १ हजार ५ सय ९९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३१३ महिला र ४१२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।