Lite Nepal

आइतबार, बैशाख २६, २०७८

संखुवासभा । जिल्लाको मादीनगरपालिका–३, लेलेका बेहुला–बेहुलीमा कोरोना संक्रमण देखिएको छ। वैशाख २३ गते विवाह गरेका २५ वर्षीय बेहुला र २० वर्षीया बेहुलीमा संक्रमण पुष्टि भएको नगरप्रमुख विदुर लिङ्थेपले जानकारी गराए।

विवाह भएको दुई दिनपछि संक्रमण देखिएको मादीको स्वास्थ्य शाखाले जनाएको छ । ज्वरो र रुघाखोकी आएपछि शनिबार परीक्षण गराउँदा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पढाइको सिलसिलामा काठमाडौं बस्दै आएका उनीहरु १५ दिन अघि मादी आएका थिए। विवाह र पुराण एकै घरमा भएको थियो । विवाहमा तीन सयभन्दा बढी सहभागी भएकाले अन्य सहभागीलाई सजक रहन मादी नगरपालिकाले अनुरोध गरेको छ ।

गाउँमा नै संक्रमण फैलन सक्ने भन्दै गाउँनै सिल गरी स्वाब संकलनका लागि स्थास्थ्यकर्मी टोली परिचालन गरिएको नगर प्रमुख लिङ्थेपले बताए । संक्रमित देखिएका दम्पतीलाई चैनपुरमा राखिएको छ ।जिल्लामा हाल सय बढी कोरोना संक्रमति रहेका छन् ।

यसअघि पनि विवाह भोजभतेरमा सहभागीमा संक्रमण देखिएको थियो । यसले समुदायस्तरमा कोरोना फैलिएको हुनसक्ने देखाएको छ । संक्रण बढ्दो रुपमा भए पनि विवाह, पुराण, पुजालगायतका धार्मिक कार्यमा भीडभाड निकै बाक्लो देखिने गरेको छ । भीडभाड भएपनि स्थास्थ्य मापदण्ड नअपनाउँदा जिल्लामा संक्रण बढेको हो।

संक्रण बढेसँगै जिल्ला प्रशासन कार्यालय संखुवासभाले आइतबार रातिदेखि जेठ २ गते सम्मका लागि निशेधाज्ञा जारी गरेको छ । संक्रमण रोक ऐन, २०२० को दफा २, र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० अनुसार जिल्लभर लागू हुने निषेधाज्ञा जारी गर्ने निर्णय सुरक्षा समितिले गरेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा