विराटनगर । आइतबार विहान चट्याङमा परी मोरङमा एक जनाको मृत्यू भएको छ भने दुई जना घाईते भएका छन् ।
मृत्यू हुनेमा रंगेली नगरपालिका १ हाटखोलाका ३० वर्षीय प्रविन माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनी बारीमा काम गरिरहेको अवस्थामा चट्याङ पर्दा घाईते भएका थिए । उपचारका लागि रंगेली अस्पताल पु¥याउन साथ उनको मृत्यू भएको हो ।
यस्तै आईतबार विहानै परेको चट्याङ लागेर जहदा गाउँपालिका ६ पोखरीया का ४५ वर्षीय मुक्तर मिया अन्सारी र उनकी श्रीमती २६ वर्षीय मजाननारा खातुन घाइते भएका छन् ।
उनीहरुको कोशी अस्पतालमा उपचार भईरहेको छ ।