विराटनगर । मोरङको रंगेलीमा खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यू भएको छ ।
सोमबार बिहान रंगेली नगरपालीका ९ मा रहेको इट्टा बनाउन खनेको खाल्डोमा डुबेर मजदुर भुसनिया मियाका छोरा अलिअर मियाको मृत्यु भएको इलाका प्रहरी कार्यलय रंगेलीले जनाएको छ ।
भरत घर भएका मजदुर मियाँ देवी इट्टा उद्योगमा काम गर्थे । सोही उद्योगले खाल्डो खनेको थियो ।
खेल्ने क्रममा पानीको खाल्डोमा बालक डुबेर घाईते भएका थिए । घाइते बालकलाई उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।
घटनाको बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।