काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। उनले सोमबार प्रतिनिधि सभाको बैठक सकिएलगत्तै बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने बालुवाटार स्रोतले जनाएको छ।
यस अगाडि साँझका लागि निर्धारण गरिएको मन्त्रिपरिषद् बैठक बोलाएपनि संसद् बैठक जारी रहेकाले केहि समय पछाडि सरेको छ।
प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। समसामयिक राजनीतिक घटनाक्रमलाई लक्षित गरी प्रधानमन्त्रीले बैठक बोलाएको बताइएको छ। ओलीले विश्वासको मत नपाउने अंक गणित देखिएको बेला उनले बोलाएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ।