Lite Nepal

बुधबार, बैशाख २९, २०७८

इलाम । इलाममा कोरोनाको प्रकोप तीव्र हुँदै गएपछि मंगलबार राति १२ बजेबाट जिल्लाभर निषेधाज्ञा लाग्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले अत्यावश्यक सेवाबाहेक जेठ १२ गते सम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् । यसअघि बजार तथा राजमार्ग र सडकमा निस्कन कडाइ गरिएको भए पनि निषेधाज्ञा लगाइएको थिएन ।

निषेधाज्ञामा अन्य जिल्लाबाट इलाम भित्रिने र बाहिरी सवारीसाधन चल्न दिइने छैन भने सभा, सम्मेलन, सेमिनार सञ्चालन हुन पाउने छैनन् ।

यस्तै, भीडभाड र सम्भावित जोखिम हुन दिइने छैन भने सिनेमा हल, पार्टी प्यालेस बन्द गरिने छ । सार्वजनिक निकाय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था बन्द रहने छन् भने साप्ताहिक हाट समेत खोल्न पाइने छैन ।

हालसम्म अधिकांस स्थानीय तहमा कोरोना फैलिसकेकाले नियन्त्रण बाहिर जान नदिने प्रशासनले निषेधाज्ञा लाउने निर्णय लिएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा