झापा । झापामा जेठ १४ गतेसम्मका लागि निषेधाज्ञा थपिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा विहीबार भद्रपुरमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
जिल्लामा कोरोना भाइरसको संक्रमण अझ पनि तीब्र रुपमा फैलिइरहेको जनाउँदै त्यसलाई नियन्त्रणका लागि निषेधाज्ञा बढाइएको जनाइएको छ ।
निषेधाज्ञाका समयमा खाद्यान्न, माछा मासु र हरियो तरकारी बिहान ९ बजेसम्म होम डेलिभरी गर्न पाउने निर्णय भएको छ । ती सामानहरू व्यवसायीले आफै बिहान ६ बजेदेखि ९ बजेसम्म स्थानीय तह वा उद्योग वाणिज्य सङ्घको सहकार्यमा घर–घरमा पु¥याइसक्नु पर्ने छ ।
निर्माण सामग्री ओसारपसारको हकमा बिहान ११ बजेदेखि दिउँसो १ सम्म मात्र समय तोकेको छ ।