काठमाडौं । कोरोना संक्रमण बढेसँगै अध्याधिक माग भएको अक्सिजन पुर्तिका लागि ताप्लेजुङ जिल्लामानै अक्सिजन प्लान्ट निर्माण हुने भएको छ ।
जिल्ला अस्पताल ताप्लेजुङमा निर्माण गर्न लागेको अक्सिजन प्लान्टका लागि अर्थमन्त्रालयले ७५ लाख रकम व्यवस्था गर्ने भएको छ ।
प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामको लागी आवस्यक पर्ने अक्सिजन प्लान्ट निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्नको स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयमा आग्रह गरेका थिए । सोही अनुरुप शुक्रबार अर्थ मन्त्रालयले ताप्लेजुङ अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा जडानका लागि ७५ लाख रकममा सहमति दिएको हो ।
मन्त्रालयले सहमती दिएसँगै अब अक्सिजन प्लान्ट निर्माणको प्रकृया सुरु हुनेछ ।