Lite Nepal

आइतबार, जेठ ०९, २०७८

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ साँघु ताम्राङका १७ वर्षीय सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन ।

आइतबार बिहान ८ बजेर ५० मिनेटमा उनले आरोहण गरेको आरोहणका लागि पठाएको कम्पनी हिमालय गाइड्स ट्रेक्स एण्ड एक्सपिडिसन कम्पनीका प्रबन्धक इश्वरी पौडेलले बताए । पौडेलका अनुसार सोनाम आफ्ना पिता पूर्णकुमार ९पिके० शेर्पासँगै आरोहणका लागि गएका थिए ।

बाबु छोरा दुवैले आरोहण गरेको पौडेलले जानकारी दिए ।

सोनाम तयारीका लागि एक महिनाअघि नै सगरमाथा बेस क्याम्प पुगेका थिए । पिके भने अनुमतिपत्र लिएर वैशाख २४ गते गएका हुन् । केहिदिन अघि नै आरोहण प्रयास गरेपनि मौसम खराब भएपछि उनीहरु बेस क्याम्पमै बसेका थिए । मौसम खुलेसँगै आइतबार बिहान सफल आरोहण गरेको पौडेलले जानकारी दिए ।

पर्यटन विभागकी निर्देशक मिरा आचार्यले सगरमाथा बेसक्याम्पबाट आएको जानकारी अनुसार उनले आरोहण गरेको बताइन् । ‘सबै फाइनल हुन आरोहण गरेर फर्किएपछि पर्यटन विभागमा बुझाएको डकुमेन्टका आधारमा हुन्छ,’ आचार्यले भनिन्, ‘आरोहण भन्ने सुन्नमा आएको छ ।’

उनी सबैभन्दा कान्छो आरोही हुनसक्ने आचार्यले बताएकी छन् । ‘उहाँ १६ वर्ष पुगेको हो,’ आचार्यले भनिन्, ‘अरुभन्दा कम उमेरको चाँही म यसअघिका सबैको कागजात हेरेर मात्रै भन्न सक्छु ।’ सोनामले गत महिना मात्रै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट नागरिकता बनाएका थिए । ईकान्तिपुरमा आनन्द गौतमले लेख्नुभएको समाचार

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा