एजेन्सी । भारतको एक कोरोना अस्पतालमा आगलागी भएको छ । गुजरातको यो अस्पतालमा आगलागीका कारण ८ कोरोना संक्रमितले ज्यान गुमाएका छन् । त्यहाँ रहेका अन्य ३५ कोरोना संक्रमितलाई अर्को वार्डमा सारिएको छ ।
आज विहान साढे ३ बजे यो आगो लागेको भारतीय मिडियाले जनाएका छन् । त्यहाँको अस्पतालको आइसियूमा आगो लागेको र पूरै अस्पतालमा आगो फैलिएको बताइएको छ ।