Lite Nepal

मंगलबार, आषाढ ०१, २०७८

विराटनगर । प्रदेश १ सरकारले आज आगामी वर्ष २०७८/७९ को वार्षिक बजेट प्रदेशसभामा पेश गर्दैछ ।

प्रदेश सरकार स्थापना भएपछि एउटा आंशिक र तीन वटा पूर्ण बजेट ल्याएको प्रदेश सरकारले चौथो पूर्ण बजेट प्रस्तुत गर्न लागेको हो ।

कोरोना महामारीको बेलामा स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट तयार गर्ने गरी प्रदेशसभामा पेश भएको नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको थियो ।

प्रदेश सरकारले आगामी वर्षका लागि करिव ३४ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेश सरकारका विभिन्न मन्त्रालयहरु र सरकारका निकायहरुलाई ३२ अर्बको सीमा भित्र रहेर कार्यक्रमहरु पेश गर्न भनेको थियो ।

सोही अनुसार मन्त्रालयहरुबाट सोमबार साँझसम्म सबै योजनाहरु प्राप्त भएको बताइएको छ ।

अघिल्लो वर्ष आर्थिक मामिला तथा योजना मन्त्रालयले दिएको सिलिङको दोब्बर भन्दा धेरै योजना पेश गरी घटाउन नमानेको भौतिक पूर्वाधार विकास मन्त्रालयले यस पटक भने सीमाभित्रै रहेर आफ्नो कार्यक्रम पेश गरेको छ ।

आर्थिक मामिला मन्त्री नयाँ भएका कारण यस पटक मुख्यमन्त्री स्वयं बजेट निर्माणमा सक्रिय भएका छन् ।

आर्थिक मामिला मन्त्रालयका सचिव र मुख्यमन्त्री शेरधन राई केही दिनदेखि बजेट तयारीमा जुटेका थिए ।

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा