Lite Nepal

आइतबार, आषाढ ०६, २०७८

विराटनगर । भारतमा थप ६० हजार संक्रमित थपिएका छन् ।

दुई महिना अघिसम्म कोरोना संक्रमणको ‘हटस्पट’ बनेको भारतमा क्रमश संक्रमित घट्दैछन् ।

दुई महिनाअघि लगातार ४ लाख संक्रमित हुँदै आएको भारतमा पछिल्लो १३ दिनयता संक्रमितको दैनिक वृद्धिदर एक लाखभन्दा कम छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ५८ हजार ५८८ जनामा संक्रमण भएको छ ।

यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९८ लाख ८१ हजार ३५२ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा ७ लाख ३६ हजार १६५ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन १ हजार २३९ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख ८६ हजार ७४० पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा