Lite Nepal

आइतबार, मंसिर ०५, २०७८

पाँचथर । पाँचथरमा माध्यामिक विद्यालयका प्रधानाध्यापक नै कांग्रेसको क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् ।

शनिबार साँझ सम्पन्न मत गणनाको परिणाम अनुसार आफ्ना प्रतिस्पर्धी कुमार राई (प्रताप)लाई ३२ मत अन्तरले हराउँदै जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं ४ स्थित सिद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक भगिश्वर योङहाङ पाँचथर प्रदेश क्षेत्र ‘क’ को क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । उनी यसअघिको कार्य समितिमा पनि कांग्रेसको क्षेत्रीय सभापति थिए ।

क्षेत्रीय कार्य समितिका पदाधिकारीसहित कार्य समिति सदस्य र प्रदेश प्रतिनिधिमा अरु शिक्षकहरूको पनि उम्मेद्वारी दर्ता भएको छ ।

शिक्षक सेवा ऐन अनुसार सरकारी सेवामा रहेर कार्यरत कुनै पनि शिक्षकलाई कुनै पनि राजनीतिक संगठनको सदस्यता लिन नपाउने कानुनी प्रावधान छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा